४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जनालाई प्रहरी‍ले लियो नियन्त्रणमा

५ आश्विन २०८०, शुक्रबार ०६:३३

असोज ५, बाँके। बाँकेमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका  प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी ३० जना भागेका थिए।

उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको डिएसपी डाँगीले  बताए।

बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले पनि दुई समूहको झडपले बाल सुधार गृह रातभर तनावग्रस्त भएको बताए। अवस्था अहिलेसम्म मत्थर नभएको उनले जानकारी दिए।  

‘हामी बालसुधार गृह भित्र जान मिल्दैन र भित्र अहिले पनि होहल्ला र तनाव कायमै छ,’ एसपी राठौरले भने ‘ यो बाल सुधार गृह भित्र बस्दै आएकाहरुको छाडापनि र आन्तरिक लफडाको कारण सृजित अवस्था हो।’

बालगृहमा रहेका २५४ जना मध्य १६५ जना १८ बर्ष माथिका रहेको र उनीहरुकै कारण असहजस्थिति सृजना भएको एसपी राठौरले जानकारी दिए।

‘अहिले पनि भित्र त्यस्तै हो हल्ला छ,’ एसपी राठौरले भने ‘ उमेर पुगेका बयस्कहरुपनि छन्, तरपनि उनीहरु राज्यका नजरमा बालक हुन्।’

उनीहरुले बदमासी गर्दैनन् र गरेपनि त्यो बाल बिजग (बाल बिठ्याँई) मात्रै हुन्छ भन्ने राज्यको मान्यताका कारण प्रहरीले भित्र प्रवेश गरी हस्तक्षेप गर्न सक्ने अवस्था नरहेको प्रहरी अधिकारीहरु बताउँछन्।

झगडामा सामेल र उग्रता पर्दशन गरी रहेकाहरुलाई बाहिरी जिल्ला स्थानान्तरण गर्ने तयारी भइरहेको एसपी राठौरले बताए।

‘हामीले माथि सोही अनुसार पत्राचार गरेका छौं, आग्रह गरेका छौं,’ उनले भने। माथिल्लो निकायबाट आग्रह गरीएअनुसारको जवाफ आए बाल सुधार गृहमा झगडा गर्नेहरूलाई स्थानान्तरण गरीने उनले बताए।

बाँकेका प्रमुख जिल्ला अधिकारी बिपीन आचार्यले स्थिति बिस्तारै सुधारउन्मुख रहेको बताए।

‘अहिले दुबै पक्षका बीचमा बार्ता र संवादको तयारी भइ रहेको छ,’ प्रजिअ आचार्यले भने ‘वार्ता र संवादकै माध्यमबाट सुधार गृह भित्रको वातावरण विस्तारै सामान्य बनाउने प्रयास भइ रहेको छ।’

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएका ११ मध्य उपचारका क्रममा एक जनाको मृत्यु भइ सकेको छ।

रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४  का १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा राति नै मृत्यु भएको थियो। केसी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेका थिए।

घाइते १० जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार जारी छ। घाइते मध्य एक जनाको अवस्था अझैं गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। अन्यको स्वास्थ्य अवस्था भने क्रमस सुधार उन्मुख रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ