सरकार र शिक्षकबीचको वार्तामा किन ढिलाइ ?

Posted on: 22 Sep, 2023

असोज ५, काठमाडौँ | शिक्षक महासंघले वार्ता कमिटी बनाउन ढिलाइ गरेपछि सरकारसँगको वार्तामा ढिलाइ भएको छ । बिहान ९ बजे नै वार्ता हुने भनिएको थियो । तर महासंघले वार्ता कमिटी बनाउन लागिरहेकोले ढिला भएको बताएको छ ।

‘आन्तरिक छलफलमा छौँ । वार्ता कमिटी बनाएपछि वार्तामा बस्छौँ,’ महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने । निर्णायक वार्ताका लागि महासंघ र सरकारी पक्ष दुवै आन्तरिक छलफलमा रहेको उनले बताए ।

‘सरकारको तर्फबाट वार्ता कमिटी बनेको छ । दुवै पक्ष आन्तरिक छलफलमा छौँ,’ उनले भने । वार्ताका लागि सरकारको तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा कमिटी बनेको छ ।


समितिमा शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सुरेश अधिकारी, कानुन र अर्थ मन्त्रालयका सचिव पनि रहका छन् । हिजो साँझ वार्ता भए पनि निर्णयमा पुग्न सकेको थिएन । आजको वार्ता निर्णायक हुने दाबी गरिएको छ ।

विधेयकको विरोधमा ७७ जिल्लाबाटै शिक्षक काठमाडौं आएका छन् । ३ असोजदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन थालेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!