४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने आज अन्तिम दिन, कहाँ–कहाँबाट दिइँदै छ ?

५ आश्विन २०८०, शुक्रबार ०८:०५

असोज ५, काठमाडौँ | पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एचपीभीविरुद्धको डेमोस्ट्रेसन खोप अन्तिम दिन आज पनि दिइँदै छ । सरकारले भदौ २७ गतेबाट सुरु गरेको यो खोप १४ वर्ष पूरा भइ १५ नकटेका किशोरीलाई दिइएको हो ।

आज कहाँ–कहाँबाट दिइँदै छ खोप ? 

भदौ २७ गतेदेखि सुरु भएको खोप कार्यक्रमको तालिका यसअघि ३१ गतेसम्म भए पनि म्याद थप गरी असोज ५ गतेसम्म दिन लागिएको हो । अन्तिम दिन शुक्रबार (आज) कोसी अस्पताल बिराटनगर, नारायणी अस्पताल वीरगञ्ज, परोपकार प्रसुति गृह थापाथली, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल वीरेन्द्रनगर र डडेलधुरा अस्पतालबाट दिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एचपीभीविरुद्धको खोप, कति प्रभावकारी ? 

एचपीभी एक प्रकारको जीवाणु हो । विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व एचपीभी हो । पाठेघरको मुखको क्यान्सर मध्ये ९५ प्रतिशत एचपीभीले गराउँछ । 

यो जिवाणुका दुईसय बढी प्रजाति हुन्छन्, तिमध्ये १६ र १८ प्रजाति क्यान्सरका प्रमुख कारक हुन् । एचपीभीविरुद्धको खोपले यीनै जिवाणुविरुद्ध काम गर्ने र यो खोपको प्रभावकारिता ९५ प्रतिशतभन्दा बढी रहने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् । नेपालमा अहिले दिन लागिएको एचपीभी खोप चीनमा उत्पादित सिकोलिन कम्पनीको उत्पादन हो । 

अरुले कहिले पाउँछन् खोप ? 

एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्ने शाखाले जनाएको छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनु पर्छ । 

एचपीभी खोप सबै प्रदेश र जिल्लाका किशोरीहरूमा पुर्‍याउन सन् २०२४ सम्म थप खोप ल्याइने गरि छलफल अघि बढेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्राले बताइन् । देशभरका १४ वर्ष उमेरका किशोरीलाई मात्रै दिन १३ लाख ५० हजार डोज खोप आवश्यक पर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ