२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आमा छोरीको हत्या आरोपमा पूर्व प्रेमी पक्राउ

५ आश्विन २०८०, शुक्रबार ०८:४०

असोज ५, सल्यान | भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए ।

शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको खुलेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले रेवती र उनको छोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी नविन कार्कीले बताए ।


प्रहरीका अनुसार हत्याको आरोपमा पक्राउ परेका कर्णबहादुर रेवतीका पूर्व प्रेमी हुन् । फेसबुकबाट जोडिएका उनीहरुबीच प्रेम सम्बन्ध बनेको थियो । उनीहरुबीच चिनापरिचय हुँदा कर्ण बिबहित थिए भने रेवती अबिबहित ।

दुवैबीचको भेटघाटमा हुँदै गयो । त्यसक्रममा उनीहरुले अश्लील फोटो र भिडियोहरु खिचेर राखेका पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

त्यहीबीच ०७५ मा कर्ण रोजगारीका लागि दुबई गए । त्यसपछि रेवतीले त्रिवेणी गाउँपालिका २ झालेढुंगाका सुकलाल थापासँग बिबाह गरिन् । रेवतीको बिबाहलाई कर्णले ठुलो धोका ठानेर इगोको रुपमा लिए ।

तर पनि उनीहरुबीचको सम्पर्क टुटेन । ‘रेवतीको बिहेको २ वर्षपछि पनि दुवैबीच फोन र फेसबुकबाट कुराकानी हुन पुगेछ,’ डीएसपी कार्की भन्छन्, ‘२ वर्षपछि एक अर्काको सम्पर्कमा आएका दुवैबीच पुरानो प्रेम र शारीरिक सम्बन्धका क्रममा खिचेका  अश्लील तस्वीर र भिडियोलाई लिएर मनमुटाव सुरु भएको देखिन्छ ।’

दुवैबीच मनमुटाब बढ्दै जाँदा ८ महिना अघिबाट नै कर्णले रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको डीएसपी कार्कीले बताए ।

रेवतीको हत्या गर्नकै लागि नेपाल आउन उनले ४ महिनाअघि नै कर्णले दुबईमा कम्पनीमा बिदा समेत मागेका थिए । तर कम्पनीले बिदा नपाएपछि उनी रोकिएको दाबी कार्कीले गरे ।

गत भदौ २७ गतेमात्र बिदा पाएका उनी दुबईबाट घर आइपुगे । घर आएको दुईदिनभित्रै उनले रेवतीलाई मार्ने योजना बनाए । त्यसपछि उनी भदौ २९ गते राति रेवतीको घर पुगेका थिए । कर्ण र रेवतीको घर झण्डै २० किलोमिटर टाढा पर्छ ।

रेवतीका श्रीमान् रोजगारीका लागि भारतमा गएकाले एक्लै भएको मौका छोपी उनी त्यहाँ गएका थिए ।

डीएसपी कार्कीका अनुसार राति करिब १० बजे कर्ण रेवतीको घरभित्र पसेर उनको घाँटी कपडाले कसेर लडाए । त्यसपछि पेट्रोल छर्केर आगो लगाएको अभियुक्त कर्णले बयान दिएको उनले बताए । रेवतीलाई लगाएको आगो सल्किएर ओछ्यानमा सुतिरहेकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार रेवतीको हत्यापछि कर्ण राति नजिकैको एउटा घरमा बास बसी बिहानै घरतर्फ लागेका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा विभिन्न चरणमा अनुसन्धान गर्दा कर्णले नै हत्या गरेको भन्ने निष्कर्षमा पुगेको उनलाई पक्राउ गरेको कार्कीले बताए ।

‘घटनाको अनुन्धान गर्दै जाँदा सात वर्षअघिको प्रेमको इगो साध्न पूर्व प्रेमिका र उनकी छोरीको हत्या गरिएको देखियो’, कार्कीले भने ।

प्रेम सम्बन्ध टुटेकाले त्यसकै  इगो साँध्नको लागि हत्या गरेको अभियुक्तले बयानका क्रममा बताएको डीएसपी कार्कीले सुनाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा