मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Posted on: 22 Sep, 2023

असोज ५, काठमाडौँ | वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका वडा नं. ०२ स्थाई घर भई हाल काठमाडौँ वडा नं. ३० सेतोपुल वस्ने वर्ष  ३२ को धन बहादुर बोगटी  रहेका छन् । 


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले बोगटीलाई शुक्रबार सेतोपुलबाट पक्राउ गरेको हो । बोगटीले कृष्ण बहादुर बोगटीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिने प्रलोभनमा ३ लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका बोगटीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!