२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मलंगवा घटना साम्य पार्न ६ बुँदे सर्वपक्षीय निर्णय

२०८०, ५ आश्विन शुक्रबार ११:५८

असोज ५, सर्लाही | सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदाबीचको तनाव साम्य पार्न सर्वदलीय समन्वय सहजीकरण बैठकले दोषी पत्ता लगाए कारबाही गर्नेसहितका ६ बुँदे निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति, सर्लाहीको अध्यक्ष एवंम् प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सृजित समस्या समाधान एवम् धार्मिक एवम् जातिय सद्भाव, कायम गर्न ६ बुँदे निर्णय गरेको हो ।

बैठकमा घटना सम्बन्धमा सूक्ष्म रुपमा गहन समीक्षा गरिएको छ । सबै मूर्तिहरु एकै ठाउँमा राखेर आज बेलुका ५ बजे देखि ७:०० बजे भित्र बिसर्जन गर्ने, सत्यतथ्य पत्ता लगाई घटनाका दोषीलाई पक्राउ गरी हदै सम्म कारवाही गर्ने निर्णय गरेको छ ।


यस्तै ब्रह्मपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्वहरुलाई पहिचान गरी घटनाका दोषीलाई पक्राउ गरी कार्यवाही गर्न, घटना घटाई मानवीय तथा भौतिक क्षति पुयाउने व्यक्ति पहिचान गरी क्षतिपूर्ति गराउने र आगामी दिनमा यस प्रकारका घटनाको पुनराबृती हुन नदिन सबै पक्षबाट गम्भीरता पूर्वक आ-आफ्नो दायित् निर्वाह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको छ । युवकको अवस्था गम्भीर छ ।

अप्रिय घटना निम्तिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार राति १० बजेदेखि अनिश्चित समयका लागि कर्फ्यू आदेश जारी गरेको छ । पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको हो ।

यद्यपि, कर्फ्यू अवज्ञा गर्दै आज दिउँसो मलंगवामा प्रदर्शन भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमाथि ढुंगामुढा गर्न खोजेपछि प्रहरीले २१ सेल अश्रुग्यास प्रहार गरेको डिएसपी दिपेन्द्र पजियार थारुले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने