दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, २ जना घाइते

Posted on: 23 Sep, 2023

असोज ६, दाङ | दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

खुकुरी प्रहारबाट मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । शनिबार दिउँसो २:३० बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हमालले रितालाई घाटीमा खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षीय बीर बहादुर हमाल र ६५ वर्षीया कमला कुमारी हमाल घाइते भएका छन्  । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!