२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अपहरण गरी बालिका बलात्कार गरेको अभियोगमा एक पक्राउ

२०८०, ७ आश्विन आईतवार ०७:०९

असोज ७, वीरेन्द्रनगर |  १३ वर्षीया बालिकालाई अपहरण गरी कांक्रेविहारको जंगलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार भदौ ३० गते विहान स्कुल जान लागेकी बालिकालाई कँडेलले अपहरण गरेर टेम्पोमा राखेर कांक्रेविहारको जंगलमा लगी बलात्कार गरेका थिए। कँडेलले बालिकालाई अघिल्लै दिनदेखि पीछा गरिरहेका थिए।

२९ गते स्कूलको गेटमा साथीहरुसँगै रहेकी बालिकालाई पीडक युवकले बोलाएर मोवाइलको रिचार्ज कार्ड ल्याइदिन भनेका थिए। ‘बालिकाले आफूले तपाईँलाई नचिन्ने भन्दै पन्छिएपछि मोटरसाइकलमा रहेका युवकले आफू नेपाली सेनामा कार्यरत रहेको बताएका रहेछन्,’ डीएसपी शाहीले भने, ‘आर्मी भनेपछि विश्वास मानेर बालिका रिचार्ज कार्ड किन्न नजिकैको पसलमा गइछन्।’

नजिकको पसलमा रिचार्ज नपाएपछि पैसा फिर्ता गर्न कँडेलको नजिक आएकी बालिकालाई आफ्नो मोवाइल हराएको भन्दै मोवाइल मागेका थिए। ‘बालिकाको मोवाइलबाट आफ्नोमा फोन गरिसकेपछि उनी त्यहाँबाट हिँडेको देखिन्छ,’ डिएसपी शाहीले भने, ‘बेलुका फेरि एक पटक बालिकालाई फोन गरेको देखिन्छ।’ २९ गते विद्यालयमा सांगीतिक कार्यक्रम भएकाले बालिकाले मोवाइल बोकेर स्कुल गएको बताएकी छन्।

भोलिपल्ट विहान ३० गते स्कुल पोशाक लगाएर स्कुल जाने तयारीमा रहेकी बालिका वीरेन्द्रनगर–१ स्थित टेम्पोपार्कको एक पुस्तक पसलमा पेन्सिल किन्दै थिइन्। पीडक पनि त्यहीँ देखिए। उनलाई देखेर तर्किन लागेकी बालिकालाई पीडकले हात समातेर जवजस्ती टेम्पोभित्र राख्यो। ‘त्यहाँबाट सिटी बसपार्क नजिकैको होटलमा पु¥याएर स्कुल पोशाक खोलेर नयाँ कपडा लगाउन पीडक कँडेलले दवाव दिएको पाइयो,’ डिएसपी शाहीले भने, ‘बालिका होटलको काउन्टरबाटै भागेर केही पर गइसकेको अवस्थामा फेरि हात समाएर अर्को अटो रिक्सामार्फत कांक्रेविहार पु¥याएको देखिन्छ।’

कांक्रेविहार जंगलमा पु¥याएपछि बालिकालाई कुटपिट गर्दै बलात्कार भएको प्रहरीको भनाई छ। ‘मार्ने धम्की दिएर बलात्कार गरेको देखिन्छ,’ उनले भने, ‘हामी कहाँ बालिका आउँदा शरिरका धेरै ठाउँमा चोटपटक लागेको थियो।’ बालिकाको खुट्टा मर्किएको थियो।

प्रहरीका अनुसार सोही दिन दिउँसो आमासहित बालिका प्रहरी कार्यालय पुगेकी थिइन्। त्यो दिन बालिकाले आफूमाथि दुव्र्यवहार मात्रै भएको बताएकी थिइन्। प्रहरीले सामान्य जाहेरी लिएर उनले दिएको हुलियाका आधारमा पीडक खोज्न थाल्यो। गत विहीबार मात्रै पीडित बालिकाले आफूलाई जवजस्ती अटो रिक्सामा राखेर कांक्रेविहारको जंगलमा पु¥याइ बलात्कार भएको बताएकी थिइन्। त्यसपछि प्रहरीले पीडकको खोजीका लागि प्रविधिको प्रयोग गर्दै सादा पोशाकमा प्रहरी खटायो।

अन्ततः उनी शुक्रबार बेलुका पक्राउ परे। उनी पक्राउ परेलगत्तै एक वर्षअघिको अर्को बलात्कार घटनाको फाइल पनि खुल्यो। प्रहरीका अनुसार २०७९ कात्तिक ०९ गते पूर्वी सुर्खेतकी एक युवतीलाई विवाहको प्रलोभनमा पारी वीरेन्द्रनगर ल्याएर एक होटलमा बलात्कार गरेर फरार भएका थिए। युवतीले भोलिपल्टै आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएपनि उनी पक्राउ परेका थिएनन्।

‘यो पटक पक्राउ परेलगत्तै उनीसँग सम्वन्धीत पुराना केही घटना छन् कि भनेर फाइल खोल्यौं,’ डिएसपी शाहीले भने, ‘एक वर्षअघिको बलात्कार घटनाको फाइल फेला प¥यो।’ उनीविरुद्ध ६४ वीरेन्द्रनगर (क२७) ले दिएको जाहेरीमा विवाह गर्छु भनेर घरबाट भगाएर ल्याई वीरेन्द्रनगर–१० स्थित बसपार्कका् जेटु होलमा जवजस्ती करणी गरी फरार भएको उल्लेख छ।

डिएसपी शाहीले सुर्खेतमा मात्रै नभएर दैलेखमा पनि पीडक कँडेलले यस्तै प्रकृतिका घटनाहरु घटाएको बताए। ‘दैलेख प्रहरीसँग समन्वय गरिरहेका छौं,’ उनले भने, ‘सुर्खेतमा भने अपहरण, शरिर बन्धक र जक (जवजस्ती करण) मा मुद्धा अघि बढाएका छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल