२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली शब्दकोषबाट ॐ शब्द हटाउन खोजेको भन्दै शंकर भण्डारीको आपत्ति

२०८०, ७ आश्विन आईतवार ०७:१६

असोज ७, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपालको शब्दकोषबाट ‌ॐ (ओम) शब्द हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै पूर्व मन्त्रीसमत रहेका भण्डारीले यस विषयमा कांग्रेस बैठककले सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताएका हुन् ।

भण्डारीले भने,‘नेपालको शब्दकोशबाट ॐ शब्द हटाइँदैछ । आजको बैठकबाट निर्णय गरियोस् । सरकारलाई निर्देश गरियोस् । यो हद भयो । अति भयो । नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने तयारीप्रति सरकारका भएकोले हामीले खबरदारी गर्नुपर्छ । मौखिक रूपमा यो आवाज राखेका छौं । नभए सशक्त रूपमा आवाज उठाउँछौं ।’

भण्डारीले आगामी महासमिति बैठकमा हिन्दू राष्ट्रको विषयलाई एजेण्डाको रूपमा प्रस्तुत नगरे अप्ठ्यारो पार्ने चेतावनी पनि दिए ।

‘हिन्दु राष्ट्रको विषयमा हामीले पहिले लेखेर दिएको कुरा सभापतिले थन्क्याउनुभएको छ । म महामन्त्रीसँग आग्रह गर्छु । हामी पनि निर्वाचित सदस्य हौं । आगामी महासमितिमा हिन्दू राष्ट्रको एजेण्डा नल्याए अप्ठ्यारो पर्छ । महामन्त्रीहरूलाई मेरो विशेष आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल