२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भाषण गरिरहेका नेताबारे देउवाले विश्वप्रकाशसँग सोधे- को मान्छे हुन् यिनी?

२०८०, ७ आश्विन आईतवार ०८:१७

असोज ७, काठमाडौँ | नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा नियमित रुपमा सभापति शेरबहादुर देउवाले नेताहरूको पालो निर्धारण गर्छन्। बोल्ने नेताहरूले पाँच मिनेट समय पाउँछन्। सोही अनुसार आइतबारको बैठकमा उनले हरिशरण नेपालीलाई बोल्न पालो दिए।

नेपालीले पनि पाँच मिनेटसम्म बोले पनि आफ्नो सम्बोधन सकेनन्। उनी बोल्दै गर्दा देउवाले हस्तक्षेप गर्दै 'धन्यवाद है, सकियो त' भने। तर नेपाली बोलिरहे।

आफैंले केही बेरअघि नाम बोलाएर समय दिएको केन्द्रीय सदस्यको नाम देउवाले बिर्सिएछन् क्यारे। उनले महामन्त्री विश्वप्रकाश शर्मालाई बोलाएर सोधे, 'यिनको नाउँ? को मान्छे हुन् यिनी?' शर्माले वक्ताको नाम बताइदिए। फेरि देउवाले सोधे, 'कहाँका मान्छे हुन् यिनी?'

नेपाली बोलिरहेपछि देउवाले 'भयो भयो, तपाईंको (समय) सिद्धिसक्यो, माफ गर्नुस्' भने। त्यसले उनले मदनकृष्ण श्रेष्ठलाई समय दिए।

बैठक चलिरहँदा देउवाको अभिव्यक्तिले बेलाबेलामा हाँसो ल्याउने गरेको छ।

नेपालीले आफ्नो सम्बोधनमा उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय नभएको बताए। 'त्यस कारणले त्यहाँ धेरै ठूलो खाडल बन्दै गएको छ', उनले भने, 'समन्वय गरेर गए मात्रै पार्टी आफैं बन्छ। देश पनि समृद्धि बन्छ।'

चौधौं महाधिवेशनमा नेपाली देउवा समूहबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनी दलित (खुला) समूहबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल