गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु, कति पर्छ मूल्य ?

Posted on: 24 Sep, 2023

असोज ७, काठमाडौँ | नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ ।

महाशाखाले पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य सुरु गरेसँगै गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’कोविक्री वितरण सुरु गरेको हो । आइतबार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् ।


महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री सुरु गरेको हो । जहाँ १० ग्राम सिक्काको मुल्य १ हजार ६०० र २५ ग्राम सिक्काको ४ हजार रुपैया मूल्य निर्धारण गरेको छ ।

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको महाशाखाले जनाएको छ भने सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने छ ।

महासाखाका अनुसार दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । यसअघि जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!