सुनसरीको धरानमा एयर गनसहित एक जना पक्राउ

Posted on: 24 Sep, 2023

असोज ७, सुनसरी | सुनसरीको धरानमा एयर गनसहित एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका १४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गनसहित प्रहरीले पक्राउ गरेको हो ।

कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गनसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!