२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेशमा कोमामा रहेका नेपालीलाई नेपाल ल्याइने

२०८०, ८ आश्विन सोमबार ०६:२०

असोज ८, काठमाडौँ | वैदेशिक रोजगारीको क्रममा गम्भीर बिरामी परेर कोमामा पुगेका नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने भएको हो । 

मन्त्री शरतसिंह भण्डारीले कोमामा रहेका नेपालीलाई स्वदेश फर्काएर नेपालमै कोमामा राख्ने व्यवस्था मिलाउन लागिएको बताए । त्यसका लागि सम्बन्धित देशमा रहेको राजदूतावासलाई यकिन तथ्याङ्क सङ्कलन गर्न भनिएको छ ।


दूतावासले कोमामा रहेका बिरामीहरूको यकिन तथ्याङ्क सङ्कलन गरेपछि उनीहरूलाई सरकारले नै नेपाल ल्याउने मन्त्री भण्डारीले बताए । नेपाल ल्याएपछि उनीहरूलाई नेपाली सरकारी अस्पतालमा नै उपचारको व्यवस्था मिलाउने उनको भनाई छ ।

केही दिनअघि विभिन्न देशका राजदूतहरूसँग भएको छलफलको क्रममा समेत यो विषयले प्राथमिकता पाएको थियो ।  सरकारले उनीहरूलाई नेपालमा कसरी फर्काउन सकिने र उपचार कसरी गर्ने भन्ने विषयमा छलफल गरेको थियो । विस्तृत विवरण आएपछि उनीहरूलाई स्वदेश फर्काउने र उपचार गर्ने कार्य योजना रहेको मन्त्री भण्डारीले बताए । 

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका कतिपय नेपालीहरू गम्भीर बिरामी परेर कोमामा जाने गरेका छन् । उनीहरूलाई स्वदेश फर्काउन नसकिँदा सम्बन्धित देशमा अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल