२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमानको यातना भोग्दै आएकी गीताले गरिन् आत्महत्या

८ आश्विन २०८०, सोमबार ०६:४०

असोज ८, काठमाडौँ | लामो समयदेखि श्रीमानबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी कालिकोटकी गीताकुमारी जैसीले आत्महत्या गरेकी छिन् । केही दिनदेखि सोसेक नेपाल नामक संस्थाको संरक्षणमा रहँदै आएकी गीताले आइतबार बिहान आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले आइतबार बिहान संरक्षक कर्मचारीहरू खाना गएका वेला शौचालयको ढोकामा गीताले झुन्डिएर आत्महत्या गरेको जानकारी दिए । ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘संरक्षण गरिरहेको संस्थाको घरमा नै मृत्यु भएको हो ।’


दैलेख भगवतीमाई गाउँपालिका– ५ कट्टीका दानबहादुर शाहीसँग विवाह गरेकी गीतालाई लामो समय शाहीले मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । पतिसँग झगडा परेपछि उनले कालिकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् । सान्नीत्रिवेणी– १ लुसा माइत भएकी २५ वर्षीया गीता मानसिक यातनाकै कारणले चार वर्षीय छोरा टेकेन्द्रसहित केही दिनअघि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको भोलिपल्ट उनी नेपालगन्जमा भेटिइएकी थिइन् । 

गीताका श्रीमान् दानबहादुर दैलेख घर भए पनि कालिकोटको मान्म बजारमा व्यवसाय गर्दै आएका छन् । शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको काम गर्थे । तर, महिला हिंसा गरेको उजुरी परेपछि एमालेले उनलाई सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको थियो । 

दानबहादुरले पाँच वर्षअघि गीतालाई कान्छी श्रीमतीका रूपमा बिहे गरेर भित्र्याएका थिए । छोरा जन्माएपछि भने कुटपिट गर्दै हिंसा गर्न थालेपछि गीता अलग बस्दै आएकी थिइन् । दानबहादुरले गीता र उनका छोरालाई मारिदिने धम्की दिने गरेका थिए । न्यायका लागि गीत पटक–पटक प्रहरीसमक्ष पुगेकी थिइन् । गत वर्ष लुसा भिरमा लडेर मरेका उनका बुबालाई मान्छे लगाएर भिरबाट धकेल्न लगाएर हत्या गरेको भन्दै दानबहादुरले फेसबुक म्यासेन्जरमा गीतालाई पठाएको फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा