४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमानको यातना भोग्दै आएकी गीताले गरिन् आत्महत्या

८ आश्विन २०८०, सोमबार ०६:४०

असोज ८, काठमाडौँ | लामो समयदेखि श्रीमानबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी कालिकोटकी गीताकुमारी जैसीले आत्महत्या गरेकी छिन् । केही दिनदेखि सोसेक नेपाल नामक संस्थाको संरक्षणमा रहँदै आएकी गीताले आइतबार बिहान आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले आइतबार बिहान संरक्षक कर्मचारीहरू खाना गएका वेला शौचालयको ढोकामा गीताले झुन्डिएर आत्महत्या गरेको जानकारी दिए । ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘संरक्षण गरिरहेको संस्थाको घरमा नै मृत्यु भएको हो ।’


दैलेख भगवतीमाई गाउँपालिका– ५ कट्टीका दानबहादुर शाहीसँग विवाह गरेकी गीतालाई लामो समय शाहीले मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । पतिसँग झगडा परेपछि उनले कालिकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् । सान्नीत्रिवेणी– १ लुसा माइत भएकी २५ वर्षीया गीता मानसिक यातनाकै कारणले चार वर्षीय छोरा टेकेन्द्रसहित केही दिनअघि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको भोलिपल्ट उनी नेपालगन्जमा भेटिइएकी थिइन् । 

गीताका श्रीमान् दानबहादुर दैलेख घर भए पनि कालिकोटको मान्म बजारमा व्यवसाय गर्दै आएका छन् । शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको काम गर्थे । तर, महिला हिंसा गरेको उजुरी परेपछि एमालेले उनलाई सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको थियो । 

दानबहादुरले पाँच वर्षअघि गीतालाई कान्छी श्रीमतीका रूपमा बिहे गरेर भित्र्याएका थिए । छोरा जन्माएपछि भने कुटपिट गर्दै हिंसा गर्न थालेपछि गीता अलग बस्दै आएकी थिइन् । दानबहादुरले गीता र उनका छोरालाई मारिदिने धम्की दिने गरेका थिए । न्यायका लागि गीत पटक–पटक प्रहरीसमक्ष पुगेकी थिइन् । गत वर्ष लुसा भिरमा लडेर मरेका उनका बुबालाई मान्छे लगाएर भिरबाट धकेल्न लगाएर हत्या गरेको भन्दै दानबहादुरले फेसबुक म्यासेन्जरमा गीतालाई पठाएको फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ