२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजनीतिक स्वार्थसँग जोडिएर अभियन्ताहरू संवादमा बोलाउँदा आएनन्: बालेन

२०८०, ८ आश्विन सोमबार ०७:०१

असोज ८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियन्ताहरूलाई आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् ।

आफूलाई ‘ईः’ भनेर चिनाउन अभियन्ता इशान श्रेष्ठको अगुवाइमा राष्ट्रिय सभा गृहअगाडि गत मंगलबारदेखि आन्दोलन सुरु भएको हो । चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै उनले उभिएर विरोध गर्दै आइरहेका छन् ।

यति लामो समय विरोध प्रदर्शन गर्दा पनि मेयर बालेनले आफूहरूको आवाज नसुनेको अभियन्ताहरूले आरोप लगाउँदै आएका थिए । तर, बालेन भने आफू संवादका लागि तयार भए पनि आन्दोलन राजनीतिक स्वार्थसँग जोडिएका कारण अभियन्ताहरू संवादमा नआएको बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् , ‘विगत केही दिन देखि केही अभियन्ताहरू आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरूको कुरा सुन्न उहाँहरू  उभिरहेको ठाउँमा म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र  समस्या सुनौँ  भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ  । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल