५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेमिकाको हत्या गरी दुबइ भागेका धादिङका अरूणकुमार ६ वर्षपछि परे पक्राउ

८ आश्विन २०८०, सोमबार ०९:१७

असोज ८, धादिङ | धादिङ प्रहरीले ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

२०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका-९ टायल घरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगरपालिका-५ की ३२ वर्षीया ललिता कुमारी रामको शव सडेगलेको अवस्थामा भेटिएको थियो। उनको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको बोदेबसाइन नगरपालिका-८ काचनका ३५ वर्षीय अरूण कुमार मिजारलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो।


जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सन्तु जैसवारका अनुसार ललिताको मोबाइल र अन्य विभिन्न कोणबाट अनुसन्धान गर्दा ललिता र अरूणबीच प्रेम सम्बन्ध रहेको त्यतिबेलैको अनसन्धानमा खुलेको थियो। प्रेम सम्बन्धमा रहँदा ललिता गर्भवती भएकी थिइन्। ललिताको साथबाट बरामद भएको मोबाइलबाट अनुसन्धान गर्दा उनले आफू गर्भवती भएकोबारे कुमारलाई बताउँदै विवाहका लागि आग्रह गरेको पत्ता लागेको थियो।

तर, विभिन्न बहाना देखाएर विवाहबाट पन्छिरहेका ‍अरूण ललिताको हत्या गर्ने निष्कर्षमा पुगेका थिए। ललिता स्टाफ नर्सको अध्ययन सक्काएर बसेकी थिइन्। उनी कामको खोजीमा थिइन्। अरूणले काठमाडौंको कुनै अस्पतालमा काम लगाइदिने भन्दै बोलाएका थिए।

सोहीअनुसार ०७४ भदौ २१ गते विराटनगरबाट काठमाडौं आएकी ललिताको हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर अरूण फरार भएका थिए। ६ वर्षपछि पक्राउ परेका उनी आफैंले ललिताको हत्या गरेको स्वीकार गरेको डिएसपी जैसवारले जानकारी दिए।

डिएसपी जैसवारका अनुसार हत्या कसले गरेको भन्नेसम्म पुग्न त्यतिबेला प्रहरीलाई तीन महिना लागेको थियो। शव सडेगलेको अवस्थामा भेटिएका कारण पनि प्रहरीलाई हत्यारासम्म पुग्न समय लागेको हो। प्रहरीको अनुसन्धान चलिरहँदा असोज ३१ गते अरूण दुबइ फरार भएका थिए। त्यतिबेलासम्म प्रहरीले हत्याराको क्लू नभेट्टाएका कारण उनी भाग्न सफल भएका थिए। पछि विभिन्न कोणबाट अनुसन्धान गरेपछि मात्रै अरूणले नै ललिताको हत्या गरेको निष्कर्षमा पुगेपछि पुस २१ गते ललिताको परिवारले उनीविरूद्ध किटानी जाहेरी दिएका थिए।

उनी दुबइ, मलेसिया लगायत विभिन्न देशमा लुकिछिपी बस्दै आएकोमा केही समयअघि नेपाल फर्किएको भन्ने सूचना प्राप्त भएपछि बाग्मती प्रदेश प्रहरी कार्यालयको सहयोगमा उनलाई सप्तरीस्थित घरबाटै पक्राउ गरिएको डिएसपी जैसवारले जानकारी दिए। शुक्रबार पक्राउ परेका उनीविरूद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी जैसवारले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने