२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रेमिकाको हत्या गरी दुबइ भागेका धादिङका अरूणकुमार ६ वर्षपछि परे पक्राउ

२०८०, ८ आश्विन सोमबार ०९:१७

असोज ८, धादिङ | धादिङ प्रहरीले ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

२०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका-९ टायल घरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगरपालिका-५ की ३२ वर्षीया ललिता कुमारी रामको शव सडेगलेको अवस्थामा भेटिएको थियो। उनको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको बोदेबसाइन नगरपालिका-८ काचनका ३५ वर्षीय अरूण कुमार मिजारलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो।


जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सन्तु जैसवारका अनुसार ललिताको मोबाइल र अन्य विभिन्न कोणबाट अनुसन्धान गर्दा ललिता र अरूणबीच प्रेम सम्बन्ध रहेको त्यतिबेलैको अनसन्धानमा खुलेको थियो। प्रेम सम्बन्धमा रहँदा ललिता गर्भवती भएकी थिइन्। ललिताको साथबाट बरामद भएको मोबाइलबाट अनुसन्धान गर्दा उनले आफू गर्भवती भएकोबारे कुमारलाई बताउँदै विवाहका लागि आग्रह गरेको पत्ता लागेको थियो।

तर, विभिन्न बहाना देखाएर विवाहबाट पन्छिरहेका ‍अरूण ललिताको हत्या गर्ने निष्कर्षमा पुगेका थिए। ललिता स्टाफ नर्सको अध्ययन सक्काएर बसेकी थिइन्। उनी कामको खोजीमा थिइन्। अरूणले काठमाडौंको कुनै अस्पतालमा काम लगाइदिने भन्दै बोलाएका थिए।

सोहीअनुसार ०७४ भदौ २१ गते विराटनगरबाट काठमाडौं आएकी ललिताको हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर अरूण फरार भएका थिए। ६ वर्षपछि पक्राउ परेका उनी आफैंले ललिताको हत्या गरेको स्वीकार गरेको डिएसपी जैसवारले जानकारी दिए।

डिएसपी जैसवारका अनुसार हत्या कसले गरेको भन्नेसम्म पुग्न त्यतिबेला प्रहरीलाई तीन महिना लागेको थियो। शव सडेगलेको अवस्थामा भेटिएका कारण पनि प्रहरीलाई हत्यारासम्म पुग्न समय लागेको हो। प्रहरीको अनुसन्धान चलिरहँदा असोज ३१ गते अरूण दुबइ फरार भएका थिए। त्यतिबेलासम्म प्रहरीले हत्याराको क्लू नभेट्टाएका कारण उनी भाग्न सफल भएका थिए। पछि विभिन्न कोणबाट अनुसन्धान गरेपछि मात्रै अरूणले नै ललिताको हत्या गरेको निष्कर्षमा पुगेपछि पुस २१ गते ललिताको परिवारले उनीविरूद्ध किटानी जाहेरी दिएका थिए।

उनी दुबइ, मलेसिया लगायत विभिन्न देशमा लुकिछिपी बस्दै आएकोमा केही समयअघि नेपाल फर्किएको भन्ने सूचना प्राप्त भएपछि बाग्मती प्रदेश प्रहरी कार्यालयको सहयोगमा उनलाई सप्तरीस्थित घरबाटै पक्राउ गरिएको डिएसपी जैसवारले जानकारी दिए। शुक्रबार पक्राउ परेका उनीविरूद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी जैसवारले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल