सडकमा सुतेरै विरोध जनाए राहत शिक्षकहरुले [तस्बिरहरु]

Posted on: 25 Sep, 2023

असोज ८, काठमाडौँ | राहत शिक्षकहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

सोमबार मध्यान्ह माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म विरोध प्रदर्शन गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन्।


सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।

आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन्। गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो।

उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए। उनीहरूले शत प्रतिशत स्थायीको माग राख्दै आएका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!