२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६० किलो सुन तस्करी प्रकरण : १८ प्रतिवादीको बयान सकियो, मंगलबार बयान सकेर थुनछेक सुरु हुने

२०८०, ८ आश्विन सोमबार १०:१४

असोज ८, काठमाडौँ | त्रिभुवन विमानस्थलको गेटबाट पक्राउ परेको ६० किलो बराबरको सुन तस्करीमा काठमाडौं जिल्ला अदालतमा विदेशी र नेपाली गरी १८ जना प्रतिवादीको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा उनीहरुको बयान चलिरहेको छ। 

सोमबार र मंगलबार बाँकी प्रतिवादीको बयान सकेर जिल्ला अदालतले थुनछेक बहस सुरु गर्ने तयारी गरेको छ। चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डिङ सेग्फा, जिक्वाङ लिन, टियान मी र वेन तोङको बयान सकिएको छ। 

तिब्बती मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग र बेल्जियन नागरिक दावा छिरिङको पनि बयान जिल्ला अदालतले लिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए। 


जिल्लाले  प्रतिवादीहरु हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्टको समेत बयान सकेको छ। 

जिल्ला अदालतमा चार ठाउँमा राखेर प्रतिवादीहरूको बयान गराइएको छ। सोमबार र मंगलबार थप केही बढाएर बयान गर्ने जिल्ला अदालतले जनाएको छ । 

सुन तस्करी प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको थियो। ८ जना प्रतिवादीको बयान बाँकी रहेको र ती प्रतिवादीसँग पनि बयान लिने कार्य जारी रहेकाले छिट्टै थुनछेक बहस हुने सूचना अधिकारी दाहालले बताए।

जिल्लाले २६ जना प्रतिवादीका तर्फबाट बहस गर्नुपर्ने भएकाले कम्तीमा एक साता नत्र दुई सातामा थुनछेक बहस सकेर पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी माग गर्ने निर्णय सुनाउनेछ। 

ब्रेक प्याडमा राखेर ल्याएको सुन सुरुमा राजश्व अनुसन्धान विभागले फेला पारेको थियो। यो प्रकरण विभागबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा पुगेको थियो। सीआईबीले संगठित अपराधमा रुपान्तरण गर्दै मुद्दा दायरका लागि अनुसन्धान सहित राय सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो। उक्त अनुसन्धान प्रतिवेदका आधारमा जिल्ला अदालतमा चार अभियोगमा करिब ३ अर्बभन्दा धेरै बिगो समेत दाबी गरेर मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल