चितवनमा दुइटा बस आपसमा ठोक्किँदा ३१ जना घाइते

Posted on: 25 Sep, 2023

असोज ८, चितवन | चितवनको खुरखुरेमा दुइटा यात्रुवाहक बस ठक्कर खाँदा ३१ जना घाइते भएका छन्।

दिउँसो साढे १ बजेतिर पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा दुवै बसका चालकसहित ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइते हुने एक जना भारतीय पनि छन्।

घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र नेशनल सिटी हस्पिटलमा उपचार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!