असोज १५ गतेदेखी दशैंमा घर जान अग्रिम टिकट बुकिङ खुल्ने, बढी भाडा लिए कारवाही हुने

Posted on: 25 Sep, 2023

असोज ८, काठमाडौँ | नेपालीहरुको महान चाड दशैंमा घर जानका लागि अग्रिम बस टिकट असोज १५ गतेदेखी खुल्ने भएको छ । आज यातायात व्यावस्था विभागमा बसेको व्यवसायी र विभागको छलफलमा असोज १५ देखी अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको अध्यक्षतामा बसको बैठकले व्यातायात व्यवस्थालाई सहज बनाउने विषयमा छलफल भएको हो । 


महानिर्देशक रिजालले भने, ‘आजको बैठकले असोज १५–२० गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ, धेरै जसो व्यावसायी अनलाइन प्रणालीमा गएको कारण यो पटक सहज हुने अनुमान छ।’

अरनिको यातायातले भने बुकिङ अहिले नै खुला गरिसकेको महानिर्देशक रिजालले जानकारी दिए । प्रत्येक वर्ष दशैंमा उपत्यका छाड्नेको संख्या बढ्ने गर्छ । यातायात व्यावस्थापनलाई चुस्त बनाउन विभागले व्यावसायीहरुसँग छलफल सुरु गरेको हो । 

व्यावसायीहरुले दशैंको मौका छोपेर महँगो भाडा लिन नपाउने भएका छन् । यदी महँगो भाडा लिए कारबाही गरिने पनि विभागले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!