दाङको शिवखोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते

Posted on: 26 Sep, 2023

असोज ९, तुलसीपुर | दाङको शिवखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

कर्णाली  प्रदेश ०२–००१ख ०३६२ नम्बरको रात्रि बस आज बिहान ६ बजेतिर दुर्घटना भएको र घाइते यात्रुहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीले बताए । 

बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!