२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि स्थानीय आक्रोशित

९ आश्विन २०८०, मंगलवार ०९:४६

असोज ९, भोजपुर | कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन् ।  सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन् । 

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो । छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले आवाज उठाएका छन् । ठेकेदार राम पौडलेले काममा लापरबाही गरेको स्थानीयको भनाइ छ । स्थानीयले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको मागसमेत गरेका छन् ।

कालोपत्र भएको सडक भत्किएर आवतजावतमा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङसहित सरोकारवाला पक्षले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा सडक मापदण्डअनुसार निर्माण भएको नपाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । छोटो समयमा सडक भत्किएर, खाल्डाखुल्डी परेकाले निर्माणका क्रममा लापरबाही देखिएको उनको भनाइ छ । 

“स्थानीयको गुनासो बढेपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, प्रजिअ घिमिरेले भने, “सडक कालोपत्र भएको छोटो समयमा नै भत्किएको अवस्था छ, सडक तोकिएको मापदण्डअनुसार बनेको छैन, सडकको अवस्थाका बारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु ।”

सडकलाई गुणस्तरिय तवरबाट निर्माण गर्न पटक/पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भोजपुर नगरपालिका–५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताए ।

“सडक कालोपत्र भएको तीन महिना मै भत्किएको छ”, फुँयालले भने, “सडक भत्किएर आवतजावतमा समस्या छ, मैले नै सडकको यो अवस्था हेर्न नसकेर सरोकारवाला पक्ष बोलाएर अनुगमन गराएको हुँ, राज्यको पैसाको चरम दुरुपयोग भएको छ, गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।”

यो सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत नेपाल सरकारको भ्याटसहित करिब रु साढे १० करोड लागतमा निर्माण भएको कार्यान्वयन एकाइका कामु आयोजना व्यवस्थापक विरबहादुर रावलले जानकारी दिए । यो सडक बिग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नुपर्ने उनको भनाइ छ । 

सडकलाई तत्काल मर्मत गर्नका लागि पत्रचार गर्ने उनले जानकारी दिए । “सडक भत्किएको विषयमा हामीलाई पनि जानकारी आएको छ”, उनले भने, “एक वर्षसम्म सडकको मर्मत संभारको जिम्मा ठेकेदारलाई हुन्छ, त्यहाँ भएका त्रुटिलाई सच्याएर पुनः मर्मतका लागि ठेकेदारलाई पत्राचार गर्छौँ ।” 

सडकमा बिच्छ्याइएको सव बेसमा गुणस्तरहिन सामग्री प्रयोग गरेर कालोपत्र गरेको स्थानीयको आरोप छ । समस्याको समाधानमा लाग्नुभन्दा पनि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्क विहिन बन्ने गरेको स्थानीयको भनाइ छ  । तीन महिना बितिसक्दा पनि कालोपत्रको क्रममा विच्छ्याइएको गिट्टी नउठाउँदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय धनबहादुर थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा