आज कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

Posted on: 27 Sep, 2023

असोज १०, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी,  बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!