६० किलो सुन तस्करी प्रकरण: आजदेखि थुनछेक बहस सुरू हुने

Posted on: 27 Sep, 2023

असोज १०, काठमाडौँ | काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । बयान सकिएसँगै सुन प्रकरणमा आज (बुधबार) बाट थुनछेक बहस सुरु हुनेछ ।

मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले बताए ।

सुन प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सकाएर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछी प्रतिवेदनमाथि छानबीन गरी जिल्ला अदालत काठमाडौंमा राय सहितको प्रतिवेदन पेश गरिएको हो ।

चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । 

तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!