९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

Posted on: 27 Sep, 2023

असोज १०, दाङ | दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । 

ती बालिकालाई विकले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!