२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरामा ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै सामाजिक सञ्जालमा भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

२०८०, १० आश्विन बुधबार १०:५९

असोज १०, पोखरा | पोखरामा चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी मदन श्रेष्ठ निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय पोखरा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।  

उनका अनुसार पोखराको मणिपाल अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको थियो। त्यसपश्चात अस्पतालमा मृतकको परिवार र चिकित्सकबीच विवाद भएको थियो। सोही घटनाको विवादमा इन्स्पेक्टरले विवादास्पद अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा भाइरल भएका थिए। 

इन्सपेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भिडमा अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारवाही माग गरेका थिए ।

त्यहीकारण उनलाई अनुसन्धानका लागि निलम्बन गरिएको डिआइजी कडायतले बताए।

उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल