ट्राफिक प्रहरीद्वारा सवारी चालक तथा सहचालकलाई प्रशिक्षण

Posted on: 28 Sep, 2023

असोज ११, काठमाडौँ | ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।

ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो ।

नयाँबसापार्क भित्र बुधबार भएको प्रशिक्षणमा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान सकिन्छ भन्नेबारेमा प्रशिक्षण प्रदान गरिएको ट्राफिक वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

यस्तै, चाडपर्वमा बढी भाडा लिँदा गरिने कारबाही, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा हुने दुर्घटनालगायतको बारेमा समेत अवगत गराइएको थियो ।

मुलुकको राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँबसपार्कबाट दैनिक छ सय सवारी साधन देशका ६५ भन्दा बढी जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!