असोज ११, काठमाडौं | उदयपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सप्तरी राजबिराज नगरपालिका–३ बस्ने ३४ वर्षीय आसुतोष तिवारीलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
भदौ ३० मा साँझ तिवारीले ति किशोरीलाई उनकै घरमा गएर बलात्कार गरेको आरोप छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!