डाक्टरहरूलाई आन्दोलन फिर्ता लिन गृहसचिव भट्टराईको आग्रह

Posted on: 29 Sep, 2023

असोज १२,  काठमाडौँ | गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।  शुक्रवार शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा आन्दोलनरत चिकित्सकहरूलाई सम्बाेधन गर्दै सरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिई उपचारमा फर्कन आग्रह गरे । 


विभिन्न अस्पतालमा चिकित्सक कुटपिटमा संलग्न व्यक्तिलाई ८ घण्टाभित्र पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको बताउँदै आन्दोलनरत चिकित्सकले उठाएका आधारभूत माग सरकारले पूरा गरिसकेको बताए । 

सचिव भट्टराईले भने– ‘तपाईँहरूले उठाएका अधिकांश माग पूरा गरेका छौँ । केही अराजक मान्छे विरुद्ध गरेको आन्दोलनका कारण अरू बिरामीहरू पीडित बन्नुपरेको कुरातिर तपाईँहरूको ध्यान पुगेको छ कि छैन ? मूल अपराधी पक्राउ गरी तपाईँहरूको माग पूरा गरेकोले अब आन्दोलन फिर्ता लिनुस् ।

समितिको बैठकमा चिकित्सकहरूका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले सरकारसँग सुरक्षाको माग गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!