४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आन्दोलनका लागि काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको गाडी दुर्घटना, ११ जना घाइते

१२ आश्विन २०८०, शुक्रबार ०७:५९

असोज १२,  सिन्धुली | बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३  बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन्। 

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको विद्युतीय गाडी (भ्यान) शुक्रबार बिहान ७:५० बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा परेको भ्यानमा आन्दोलनका लागि काठमाडौं आउँदै गरेका राहत शिक्षकहरु सवार थिए। 


सुनकोसी  गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा (दाहाल)ले घाइतेहरूलाई धुलिखेल अस्पताल लगिएको जानकारी दिइन्। भ्यानका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। 

घाइते हुनेमा दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई–५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई–१ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही ठाउँका ४१ वर्षीय भुवन थापा छन्। 

यस्तै, कमलामाई नगरपालिका–४ बस्ने ४० वर्षीया बबिता देवकोटा, कमलामाई–६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनका ११ वर्षीय छोरा निश्चल तथा कमलामाई–६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन्। सिन्धुलीकै तिनपाटन गाउँपालिका–१० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ