लामखुट्टे धपाउन बालेको धुपबाट आगो सल्केर आगलागी हुँदा ४ घर जलेर नष्ट

Posted on: 29 Sep, 2023

असोज १२, सप्तरी | सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा शुक्रबार बिहान आगलागी हुँदा ४ घर जलेर नष्ट भएका छन्।

भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा जस्ताले छाएको ४ वटा घर, खाद्यान्न सामग्री, २ वटा साइकल, लत्ताकपड़ा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमान नगरले जनाएको छ। आगोमा जलेर २ गाई समेत मरेका छन्। 

गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक शत्रुघ्न राउतले जानकारी दिए। उनका अनुसार आगलागीका कारण करिब ७ लाख बराबरको क्षति भएको छ।

स्थानीयवासी, हनुमानगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र र हनुमाननगरको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!