एमाले बागमती चुनाव : एक घण्टामा २५० मत खस्यो, ६ घण्टामा मतदान सकिने

Posted on: 29 Sep, 2023

असोज १२, सप्तरी | नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

सहमतिमा नेतृत्व चयनका लागि चार दिनसम्म कसरत भए पनि सहमति नजुटेपछि शुक्रवार दिउँसो साढे एक बजेबाट विद्युतीय मतदान शुरू भएको हो । 

११६९ मतदाता मध्ये एक घण्टामा २५० मत खसेको छ ।

प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीका अनुसार ६ घण्टामा अर्थात ८ बजेसम्म मतदान सकिनेछ । त्यससपछि दुई घण्टामा परिणाम आइसक्ने मैनालीले जानकारी दिए । 

निर्वाचित २४० पदमध्ये काभ्रे, चितवन, रसुवा, सिन्धुपाल्चोक सर्वसम्मत रुपमा सदस्य चयन भएका छन् । अरू केही पदमा पनि सर्वसम्मत चयन भएपछि २ सय भन्दा कम पदका लागि निर्वाचन भइरहेको हो । 

अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!