त्रिभुवन विमानस्थलबाट करिब ३ किलो सुनसहित विदेशी महिला पक्राउ

Posted on: 30 Sep, 2023

असोज १३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित फिलिपिन्सकी महिला पक्राउ परेकी छन्। दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।  

ठकुरीले भने,‘बरामद भएको सुन झण्डै तीन किलो छ। दुबईबाट काठमाडौं आएकी फिलिपिन्सकी महिला सुनसहित समातिएकी हुन्। थप अनुसन्धान भइरहेको छ, |

यस बिषयमा तपाइको प्रतिक्रिया...!