टनेल गोलभेँडाको थोक मूल्य ६४ रुपैयाँ, अन्य तरकारीको यस्तो छ मूल्यसूची

Posted on: 01 Oct, 2023

असोज १४, काठमाडौँ | आज कालिमाटी फलफुल तथा तरकारी बजारमा टनेल गोलभेँडाको थोक मूल्य प्रतिकिलो ६४ रुपैयाँ कायम भएको छ । समितिले प्रत्येक विहान कालिमाटी तरकारी बजारमा हुने कारोबारको आधारमा आफ्नो वेभसाइटमा मूल्यसूची सार्वजनिक गर्छ । 

यसअनुसार, आज कालिमाटी थोक बजारमा बिक्री हुने गोलभेँडामध्ये टनेल गोलभेँडाको भाउ सबैभन्दा धेरै छ । थोक बजारमा गोलभेडाको मूल्य सस्तो रहेपनि उपभोक्ताको चुलोसम्म पुग्दा अचाक्ली महँगो छ । थोक बजारबाट उपभोक्तासम्म पुग्दा २/३ चरण पार गर्नुपर्ने भएकाले खुद्रा बजारमा गोलभेँडाको मूल्य कम्तिमा प्रतिकिलो १३० रुपैयाँ कायम छ ।

यस्तै, आज ठूलो गोलभेडाको थोक मूल्य किलोमा ४५ रुपैयाँ, गोलभेँडा सानोको मूलय ५५ रुपैयाँ, भारतीय सानो गोलभेँडाको ५५ रुपैयाँ कायम छ । यसबाहेक, रातो आलुको थोक मूल्य ५७ रुपैयाँ, मुडे आलुको मूल्य ४९ रुपैयाँ र सेतो आलुको मूल्य ४५ रुपैयाँ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!