काठमाडौँ तीनकुनेमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु, १ जना घाइते

Posted on: 01 Oct, 2023

असोज १४, काठमाडौँ | काठमाडौँको (तीनकुने) शान्तिनगरस्थित बागमती नदीमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु भएको छ। अर्का १ जना घाइते भएका छन्। 

प्रहरी बृत्त नयाँ बानेश्वरका अनुसा आइतबार बिहान करिब १:१२ बजेको समयमा बागमती प्रदेश ०२–०३९ प ११९७ नम्बरको मोटरसाइकल बागमती नदी छेउमा पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको थियो। 

प्रहरीले घटनास्थलबाट मोटरसाइकलका चालक भक्तपुरको चागुनारायण–४ घर भएका २० वर्षीय सरोज गुरुङ र चागुनारायण–४ नै घर भएका १७ वर्षीय सुशील गुरुङलाई उद्धार गरेको थियो। उद्धार गरिएकाहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। 

घाइतेमध्ये १७ वर्षीय सुशीललाई आइतबार बिहान ४:४० बजे चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २० वर्षीय सरोज गम्भीर घाइते छन्।  दाहिने खुट्टा भाँच्चिएको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!