मूल्यवृद्धि फिर्तापछि ग्याँसको मूल्य प्रतिसिलिण्डर कति पर्छ ?

Posted on: 01 Oct, 2023

असोज १४, काठमाडौँ | सरकारले खाना पकाउने ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार ग्याँसको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको थियो ।

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय फिर्ता लिएको हो । योसँगै ग्याँस प्रतिसिलिन्डर १ हजार ८९५ कायमै कारोबार हुने छ ।

पुरानो मूल्यसूची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने छ । आजै नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!