सिनामंगलस्थित केएमसी अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने दुई जना पक्राउ

Posted on: 01 Oct, 2023

असोज १४, काठमाडौँ | सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्।

आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। 

डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका उनीहरुले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टरमाथि आक्रमण भएको पाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!