सप्तरीबाट चोरीपैठारीको १०० वटा ‘वाकीटकी’ बरामद

Posted on: 01 Oct, 2023

असोज १४, सप्तरी | सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट सशस्त्र प्रहरीको टोलीले करिब ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकीटकी)  बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा पोर्टेबल वाकीटकी सेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । 


विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।  

यसैगरी सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्ही स्थित सीमा  करीव २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक थान प्रिन्टर मेसीन र एउटा मोटरसाईकल बरामद भएको छ ।     भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसीनसहितको मोटरसाईकल बिओपी बेल्हीले नियन्त्रणमा लिएको हो ।

बरामद रेडियो सेट, प्रिन्टर मेसीन र मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको उनले बताए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!