३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनमोलले भने- स्क्रिप्ट मन नपरेर फिल्म नखेलेको हो, १० लाख फिर्ता लैजानूस् भन्दा उहाँहरुले मान्नुभएन

१४ आश्विन २०८०, आईतवार ०९:४३

असोज १४, काठमाडौँ | फिल्म ‘रावायण’को लेनदेन विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीले आफ्नो खातामा पठाएको १० लाख रुपैयाँ फिर्ता लैजान आग्रह गर्दा पनि निर्माताले नमानेको बताएका छन् ।

प्रहरीसँगको सोधपुछमा अनमोलले स्क्रिप्ट मन नपरेपछि आफूले खेल्न अस्वीकार गरेको समेत बताए । ‘निर्माताले १० लाख रुपैयाँ मेरो खातामा हालिदिएको हो । मैले फिर्ता लैजानूसभन्दा पनि उहाँहरुले मान्नुभएन’ अनमोलको भनाई उध्दृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

ती अधिकृतका अनुसार निर्माता कम्पनी सुदर्शन थापा प्रोडक्सनले भने अनमोलबाट १ करोड ५ लाख रुपैयाँ दाबी गरेको छ । उसले प्राविधिक लगायतका अन्य पक्षमा उक्त रकम खर्च भैसकेको जनाएको छ । ‘दुई पक्षबीच सम्झौता पत्र पनि देखिएको छैन’ ती अधिकृतले भने ।

सुदर्शन थापा प्रोडक्सनको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध आपराधिक विश्वासघातको उजुरी दर्ता गराएकी थिइन् । जसअनुसार प्रहरीले शुक्रबार साँगाबाट अनमोललाई पक्राउ गरेको थियो । सोही दिन राती छातीमा समस्या आएको भन्दै अनमोल महाराजगंजस्थित चिरायू अस्पतालमा भर्ना भएका थिए ।

शुक्रबार पक्राउ परेका अनमोललाई प्रहरीले चिरायु अस्पतालबाट आइतबार दिउँसो महानगरीय प्रहरी परिसरमा लगेको थियो । अनमोललाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट