२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देवचुलीमा सामूहिक पुष्प खेती

२०८०, १५ आश्विन सोमबार ०३:०७

असोज १५, नवलपरासी | बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले  आर्थिक तथा  कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प खेती गरिएको छ ।

देवचुली–१२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले युवालाई रोजगारसँग जोड्ने वडाको योजनाअनुसार पहिलो चरणमा पुष्प खेती सुरु गरिएको बताए । उनले क्रमशः अन्य आयमूलक क्रियाकलापमा जोड्ने लक्ष्य रहेको बताए । 

भौतिक पूर्वाधार मात्र विकास नभई मानवीय विकासलाई पनि प्राथमिकता दिनुपर्ने मान्यताका साथ बेरोजगारलाई स्वरोजगार बनाउने अभियानमा वडा रहेको उनको भनाइ थियो ।

वडाको सहयोगमा लक्ष्मीपुरमा १३ जना र प्रगतिटोलमा १२ जनाले सामूहिक सयपत्री फूल खेती सुरु गरेको उनले बताए । उनले मङ्सिरसम्म पुष्प खेतीमा हुने र त्यसपछि तरकारी खेतीलगायतका स्वरोजगार कार्यलाई वडाले लगानी गर्ने बताए ।

देवचुली नगरपालिकामा भएका सङ्घसंस्थाका कार्यक्रममा खादा प्रयोग नगरी किसानले उत्पादन गरेका फूलका मालाको प्रयोग गर्न उनले आग्रहसमेत गरे । 

अब फूल तयारी हुने क्रममा रहेकाले खादाभन्दा स्थानीय रुपमा उत्पादन हुने फूलको प्रयोगमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ । 

प्रगतिटोल पुष्प खेती समूहकी सीता रेग्मीले फूल आवश्यक पर्नेका लागि थुँगा, माला बनाएर दिइने बताइन् । फूल बिक्रीबाट आएको रकमबाट आफ्नो सामान्य घरखर्च चल्ने उनको अपेक्षा रहेको छ ।

देवचुली–१२ मा कर्मा पाँच सय ५५, कर्मा एक सय ११ र कलकतिया प्रजातिका फूल लगाइएको देवचुली नगरपालिका कृषि शाखाका प्राविधिक नरेन्द्र भण्डारीले बताए । 

कलकतिया प्रजाति केही ढिलो फुल्ने गरेको र  कर्मा जातका फूल सामूहिक पुष्प खेती गरेको स्थानमा फुलिरहेको भण्डारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल