पोखरा उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सको विमान काठमाडौं फर्किए

Posted on: 02 Oct, 2023

असोज १५, काठमाडौं | त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सको विमान अवतरण नगरी काठमाडौं फर्किएका छन् ।

आज बिहान त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान अवतरण नगरी काठमाडौं फर्किएको जनाएको छ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!