पोखराबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना

Posted on: 02 Oct, 2023

असोज १५, दाङ | पोखराबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना भएको छ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस आज सोमबार बिहान ५ बजे दुर्घटनामा परेको हो ।

१६ यात्रु सवार बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा १४ यात्रु घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गस्थित लमही नगरपालिका-४ बनगाउँस्थित बबई सोता पुलबाट खसेर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्याल दाङका डिएसपी जनक मल्लले जानकारी दिए।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछापको सुनपति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई नियन्त्रणमा लिएको छ ।

बसमा सवार अन्य दुइ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!