काठमाडौंको तिलगंगामा एक युवामाथि छुरा प्रहार, कटुवा पेस्तोल बरामद

Posted on: 02 Oct, 2023

असोज १५, काठमाडौँ | काठमाडौंको तिलगंगा नजिकै एक व्यक्तिमाथि छुरा प्रहार भएको छ।

कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन हुसेनको भाई साविर हुसेनलाई चक्कु प्रहार गरेर २ जना फरार भएको प्रहरीले जनाएको छ।

घाइतेको खुट्टामा चोट लागेको छ। घटनास्थलबाट एउटा कटुवा पेस्तोल पनि बरामद भएको छ। घाइतेको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!