व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान नल्याउन भन्सार कार्यालयको अनुरोध

Posted on: 02 Oct, 2023

असोज १५, काठमाडौँ | व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले व्यक्तिगत प्रयोगका सामान (कानुन बमोजिम छुट पाउने) बाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु कार्यालय अनुरोध गरेको हो ।


महत्वपूर्ण चाडपर्वको समयमा विभिन्न मुलुकबाट स्वदेश फर्कदा विदेशका विमानस्थलमा केहि व्यक्ति तथा समुहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान (जस्तै ल्यापटप, मोबाइल, सुन, घडी आदि) नेपालको विमानस्थलसम्म पु¥याइदिनु भन्ने गरेको सूचना भन्सार कार्यालयमा प्राप्त भएपछि कार्यालयले सबैलाई यस्तो नगर्न अनुरोध गरेको छ ।

विदेशबाट फर्किदा यात्रुले ल्याउन पाउने सामान तथा सुविधाका बारेमा नेपाल सरकार अर्थमन्त्रालयले जारी गरेको सूचना भन्सार विभागको वेवसाइट तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका मा गई पढ्न सकिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!