अष्ट्रेलिया पलायन भएका विमल एनएसएल खेल्न नेपाल आउने

Posted on: 02 Oct, 2023

असोज १५, काठमाडौँ | हालै अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर विमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जानकारी गराएका हुन् ।

‍विमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि उनले एनएसएलका लागि ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेका थिए । सो क्लवले उनलाई मार्की खेलाडीका रुपमा अनुवन्ध गरेको थियो । विमलले छोडेपछि उनको स्थानमा अनन्त तामाङलाई ल्याइएको छ ।

अष्ट्रेलियाबाटै बिमलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चितवन एफसीबाट खेल्ने बताएका छन् । फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिएको भन्दै उनले क्लबलाई धन्यवाद दिएका छन् ।

एनएसएलको दोस्रो संस्करण आउँदो ८ मंसिरबाट सुरु हुँदैछ । एनएसएलका लागि गत शनिबार खेलाडीहरुको अक्सन भएको थियो । देश छोडिसकेकाले अक्सनमा बिमलको नाम आएन । तर, एनएसएलको प्रावधानअनुसार देशबाहिर खेलिरहेका खेलाडीलाई क्लबले आइकनिक खेलाडीका रुपमा अनुबन्ध गरेर खेलाउन सक्छन् । त्यसै अन्तर्गत बिमललाई अनुबन्ध गरिएको हो ।

बिमलको स्टाटस यस्तो छः

यस बिषयमा तपाइको प्रतिक्रिया...!