म्याद गुज्रिएको मदिरा बेच्ने व्यापारीलाई महानगरले तिरायो दुई लाख जरिवाना

Posted on: 02 Oct, 2023

असोज १५, काठमाडौँ | काठमाडौं महानगरपालिकाले म्याद गुज्रिएको मदिरा(बियर) बिक्री वितरण गर्ने एक व्यापारीलाई दुई लाख जरिवाना तिराएको छ।

महानगरपालिकाले वडा नम्बर १६ ठमेलस्थित देवदास मानन्धरद्वारा सञ्चालित न्यू भिम स्टोरलाई दुई लाख जरिवाना गराएको हो। 

बजार अनुगनमा क्रममा महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ (ड) बमोजिम उक्त कारबाही गरेको हो। 

साथै महानगरपालिकाले उक्त म्याद नाघेको मदिरा राखेको स्टोरका बारेमा सोधपुछ गर्दा जानकारी दिनसमेत निर्देशन गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!