इन्द्रजात्रा हेर्न गएका किशोरको न्युरोडमा धारिलो हतियार प्रहार गरि हत्या

Posted on: 03 Oct, 2023

असोज १६, काठमाडौँ | काठमाडौँको न्यूरोडमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो । गएराति जात्रामा झगडा हुँदा क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । 

हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!