इन्द्रजात्रामा ओखलढुंगाका सनी कार्कीको हत्या अभियोगमा गोदावरीका १९ वर्षीय युवक पक्राउ

Posted on: 03 Oct, 2023

असोज १६, काठमाडौँ | व्यस्त बजार न्युरोडमा सोमबार भएको युवकको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोध ढुंगेलले ललितपुरको गोदावरीका १९ वर्षीय अरविन्द ठकुरीलाई पक्राउ गरेको हो ।

ओखलढुंगाको लिखुका १७ वर्षीय सनि कार्कीलाई धारिलो हतियार प्रहार भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा ठकुरीको संलग्नता रहेको प्रहरीको दाबी छ । यसअघि नियन्त्रणमा लिइएका २ जनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!