२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा साम्प्रदायिक प्रदर्शन

२०८०, १६ आश्विन मंगलवार ०९:०२

असोज १६, नेपालगञ्ज | सामाजिक सञ्जालमा लेखिएको स्टाटसकै आधारमा नेपालगञ्जमा तनाव बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार असोज १४ गते (आइतबार) सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर प्रदर्शन भएको थियो ।

मुस्लिम समुदायले विरोध र्‍याली निकालेपछि मंगलबार ओमकार परिवार हिन्दु समाजले पनि र्‍याली निकालेको स्थानीय प्रशासनको भनाइ छ । ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोडका साथै ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।


स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हो ।

नेपालगञ्ज उपमहानगरका पूर्व मेयरसमेत रहेका सांसद धवलशमशेर जबराले नेपागञ्जमा हिंसा भड्किन नदिन तथा परिस्थितिलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै सो क्षेत्रमा मोबाइल नेटवर्क बन्द गर्न माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबारमात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पु‍र्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभाबी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय बाँकेको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल