२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तीनकुने हत्याका अभियुक्तको सनसनीपूर्ण बयान: अनुसन्धान गर्न प्रहरीलाई चाहियो अमेरिकामा मात्रै प्रयोगमा आएको ब्रेन फिंगरप्रिन्ट

२०८०, १६ आश्विन मंगलवार ०९:१४

असोज १६, काठमाडौँ | काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्याका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारी फरक क्षमता (बोल्न नसक्ने)का छन् । तर, उनले सहयोगीमार्फत दिएको बयान यति सनसनीपूर्ण छ, जसको अनुसन्धान गर्न प्रहरीलाई यतिवेला अत्याधुनिक ब्रेन फिंगरप्रिन्ट (बिएफ) आवश्यक देखिएको छ । उनले १६ जनाको हत्या गरेको बयान दिएपछि प्रहरीले अनुसन्धानको घेरा फराकिलो पारेको छ । 


ब्रेन फिंगरप्रिन्ट मस्तिष्कभित्र संग्रहित तरंग मापन गरी भण्डारण भएका सूचना पत्ता लगाउने अपराध अनुसन्धानको अत्याधुनिक प्रविधि हो । यसमा इयजी (इलेक्ट्रोइन्सेफलोग्राम)मार्फत मस्तिष्कलाई सक्रिय तुल्याइन्छ । र, घटनास्थल, आतंकवादजन्य तालिम र बम बनाउने सीपलगायतका विषयसँग सम्बन्धित सूचना शब्द र दृश्यमार्फत उतारिन्छ । 

तीनकुने सामूहिक हत्याको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले अभियुक्त भण्डारीको केसमा ब्रेन फिंगरप्रिन्टको आवश्यकता खट्किएको बताए । ‘तीनकुने सामूहिक हत्याको अनुसन्धान भइरहेको छ । अभियुक्तले सनसनीखेद बयान दिइरहेको छ, जसलाई पत्ता लगाउन मस्तिष्ककै ‘म्यापिङ’ गर्नुपर्ने देखिएको छ । तर, हामीकहाँ त्यो प्रविधि छैन । यद्यपि, चिकित्सकसँग यस विषयमा छलफल भने भइरहेको छ,’ उनले भने । 

अमेरिकी सरकारी संयन्त्र नेसनल लाइब्रेरी अफ मेडिसिनमा उल्लेखित विवरणअनुसार बेन फिंगरप्रिन्टले मानिसको मस्तिष्क मापन गर्छ । अमेरिकी फौजदारी मुद्दाहरूमा यसको प्रयोग गरिसकिएको छ । जसलाई त्यहाँको अदालतले पनि स्वीकार गरिसकेको छ । तर, नेपालमा यो प्रविधि हालसम्म प्रयोगमा आउन सकेको छैन । 

अमेरिकामा यसको औपचारिक प्रयोगअघि अनुसन्धान निकायहरू एफबिआई, सिआइए, अमेरिकी नेभीलगायतको प्रयोगशालामा परीक्षण गरिएको थियो । जसमा शतप्रतिशत सकारात्मक नतिजा देखिएको थियो । यद्यपि, यसको वैधताका लागि अझै पनि वैज्ञानिक मापदण्ड पूरा गर्न आवश्यक रहेको बताइएको छ । तर, यो अपराध अनुसन्धानमा प्रयोगमा आएका वैकल्पिक माध्यमभन्दा प्रभावकारी रहेको लाइब्रेरी अफ मेडिसिनको वेबपेजमा उल्लेख छ । 

गत २९ भदौमा दिव्य सःमिलमा कार्यरत दोलखा कालिञ्चोक गापा– ८ का ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, उनकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गापा– २ का १९ वर्षीय नवीन भनिने विशाल राईकोे सामूहिक हत्या भएको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले भण्डारीलाई ३१ भदौमा सिन्धुपाल्चोकस्थित बाह्रबिसेबाट पक्राउ गरी ल्याएको थियो । हिरासतमा रहेका उनीविरुद्ध अहिले अनुसन्धान जारी छ । उनले सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यकामा गरी १६ जनाको हत्या गरिसकेको बयान दिएका छन् । 

‘अभियुक्तले १६ जनाको हत्या गरेको बयान दिएको छ । ठाउँ ‘भेरिफाई’ गर्दा केही बयान मिलेजस्तो पनि देखिन्छ । त्यसै पनि यो अन्य अभियुक्तभन्दा फरक क्षमताको छ । सामान्य ढंगले सोधपुछ गर्न सकिँदैन । सहयोगीमार्फत दिएको बयान डरलाग्दो छ,’ परिसर प्रमुख एसएसपी खत्रीले भने, ‘त्यसो हुँदा यसको दिमाग नै ‘म्यापिङ’ गर्नुपर्ने देखिन्छ । यद्यपि, हामीले सबै घटना एकै ठाउँ ल्याएर विश्लेषण गरिरहेका छौँ । अन्तर्राष्ट्रिय अभ्यास पनि अध्ययन गरिरहेका छौँ ।’ 

प्रहरीका अनुसार भण्डारीले दिएको बयानसँग बौद्धको घटना मिल्न जान्छ । २५ जेठ ०७८ मा बौद्धस्थित टाउन प्लानिङमा बोराभित्र प्याकिङ गरिएको अवस्थामा मानिसको खुट्टा फेला परेको थियो । तर, प्रहरीले घटनासँग सम्बन्धित कुनै तथ्य फेला पार्न सकेको थिएन । पछि प्रहरीले उक्त खुट्टा पशुपतिस्थित शव दहन क्षेत्रबाट कुनै तान्त्रिकले ल्याएर फ्याँकेको निष्कर्ष निकालेको थियो । तर, घटनाको दुई वर्षपछि भण्डारीले उक्त घटना आफूले गरेको बताएका छन् । ‘भेरिफाई’ गर्न सिसिटिभी फुटेज हेर्नसमेत सुझाएका छन् । 

योसँगै भण्डारीले भक्तपुरको बोडेमा त्यस्तै हत्या गरेको र शव खोलामा फ्याँकेको बताएका छन् । तीन वर्षअघि भक्तपुरस्थित हमुमन्ते खोलामा टाउको काटिएको महिलाको शव फेला परेको थियो । उक्त घटनामा पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको थिएन । न शवको नै सताखत गर्न सकेको थियो । त्यसबाहेकका ठाउँमा पनि उनले हत्या गरेको बयान दिएका छन् । हत्या गरिएकालाई खल्डो खनी गाडेको भनेका छन् । पत्ता लगाउन प्रहरी उनलाई सँगै लिएर जाँदा कतिपय ठाउँमा घर बनिसकेका प्रहरीको भनाइ छ । 

परिसरका प्रमुख एसएसपी खत्रीले भने, ‘यसले जसरी सःमिलमा हत्या गरेको छ । त्यसको ‘प्याट्रन’ हेर्दा यसले विगतमा पनि त्यस्तै ठूलो हत्या गरेजस्तो देखिन्छ । त्यसो हुँदा यो सामान्य अभियुक्तभन्दा फरक रहेको अनुसन्धानबाट देखिन्छ । विभिन्न कोणबाट भेरिफाई गर्ने र अनुसन्धान गर्ने क्रम जारी छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल